काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। स्याङ्जाको गल्याङ नगरपालिका ४ स्थित शिशु कल्याण माविका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम थापा र लेखापाल छविलाल गाहाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तीनै जनाविरुद्ध चार लाख ७१ हजार ६६७ रुपैयाँ बिगो तथा सजाय माग दाबी लिइएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए। आर्थिक वर्ष ०७८/७९ मा विद्यालयको आईसीटी कार्यक्रमअन्तर्गत कम्प्युटर, प्रिन्टर र ल्यापटप खरिद गर्दा हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध अनुसन्धान सुरु गरेको थियो।

ती सामग्री विद्यालयमा लगेको भनी नक्कली दाखिला प्रतिवेदन तयार गरी विद्यालयको रकम हिनामिना गरेको अख्तियारको दाबी छ। यसैगरी, उनीहरूले दुई लाख ५४ हजार ६६७ रुपैयाँ विद्यालय व्यवस्थापन समितिको निर्णयबेगर निकासा गरी हिनामिना गरेको अख्तियारको दाबी छ।