काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

मन्त्री गुप्ताद्वारा पदबहाली

९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज (आइतबार) आफ्नो पदबहाली गरेका छन्।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गरे। उनले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए।

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवासमेत हुन्। उनी सामाजिक कार्यमा पनि सक्रिय छन्। गुप्ताले कोभिड-१९ को समयमा नि:शुल्क खाना खुवाउने अभियान चलाएका थिए। त्यसैगरी उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका छन्।