काठमाडौँ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतलनिवासमा आइतबार आयोजित समारोहमा मन्त्रीद्वय गौतम र गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए।
मन्त्रीमा सिफारिस अभियन्ताद्वय खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा रोकिएको थियो। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सिफारिस गरिएको थियो।
यो पनि…
मन्त्रीको सूचीबाट सुनार र श्रेष्ठको नाम हटाइयो
हेर्नुहोस् शपथ ग्रहणका थप तस्बिर ।

