काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रहरीद्वारा अश्रुग्यास प्रहार

१० कार्तिक २०८२
अ+
अ-

ललितपुर। ललितपुरमा रहेको किस्ट अस्पतालमा बिरामीको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका आफन्तले अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै प्रहरी घेरा तोडेर तोडफोड गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास प्रहार गरेको छ । घटनाका क्रममा आक्रोशित भिडले प्रहरीमाथि ढुंगा र इँटा प्रहार गरेको छ।

आफन्तका अनुसार कात्तिक ७ गते गर्भवतीको उपचारका क्रममा अस्पतालको लापरबाहीका कारण ज्यान गएको थियो। उनीहरूले घटनापछि अस्पताल प्रशासनले कुनै संवाद नगरेको आरोप लगाएका छन्।