पर्यटकलाई हिमपात नरोकिएसम्म जहाँको त्यहीँ रोकिन प्रशासनको आग्रह
काठमाडौँ। माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ। सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात मंगलबार बिहानसम्म रोकिएको छैन। मनाङको माथिल्लो क्षेत्र ३२ सय मिटरको उचाइमा रहेको पिसाङदेखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भइरहेको हो।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको छ। खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको जानकारी प्राप्त भएको उनले बताए। सदरमुकाम चामेमा पनि पानी परिरहेको छ। चक्रीय अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जहाँको त्यहीँ रोकिन प्रशासनले आग्रह गरेको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार अहिले तिलिचोतर्फ बेसक्याम्पतर्फ मात्रै आठ सयदेखि एक हजारको संख्यामा नेपाली पर्यटक छन्। थोराङ्लातर्फ भने प्रायः विदेशी पर्यटक रहेको उनले बताए। माथिल्लो मनाङमा १५ सयको हाराहारी र चामे क्षेत्रमा तीन सयको हाराहारीमा स्वदेशी पर्यटक छन्।
यो पनि…