काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

११ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनताका जलाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको ट्राफिक प्रहरी कन्ट्रोल रुम सञ्चालनमा आएको छ।

उक्त कन्ट्रोल रुमको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार उद्घाटन गरे।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको साँचो कार्कीलाई हस्तान्तरण गरेका थिए।

परिषदले जेन-जी आन्दोलनमा जलाइएको कन्ट्रोल रुम बनाउन सहयोग गरेको थियो। कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण र समाजका लागि सकारात्मक कार्य अध्यक्ष श्रेष्ठले बताए।

अब शीघ्र ब्रेथलाइजर हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले बताए। कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र पदाधिकारीलाई धन्यवाद दिए।

२५ भदौमा जेन-जी आन्दोलनकारीले कन्ट्रोल रुम जलाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको थियो। उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले नयाँ बनेको कन्ट्रोल रुमबाट ट्राफिक व्यवस्थापनमा सहजता आएको बताए।

कन्ट्रोल रुममा प्रहरीहरू बसेर उपत्यकाका चोक-चोकका गतिविधि नियाल्थे। जामको समस्या आउँदा यही कन्ट्रोल रुमबाट प्रहरी खटाएर समाधानको प्रयास गरिन्थ्यो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आजदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गरिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने, रातो बत्ती उल्लङ्घन गर्ने तथा सडक लेन उल्लङ्घन गर्ने गरी ट्राफिक नियम तोड्ने चालकहरूलाई लक्षित गरी उक्त कक्षा सञ्चालन गरिएको हो।

आज (कात्तिक ११ गते) बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म सञ्चालन गरिएको कक्षामा १६७ जना चालकहरू सहभागी भएका छन्। ट्राफिक प्रहरीका अनुसार उक्त सचेतना कक्षामा सहभागी चालकहरूलाई सडक सुरक्षा, जिम्मेवार सवारी सञ्चालन र ट्राफिक नियमको पालनासम्बन्धी विस्तृत जानकारी दिइन्छ।