काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ।
इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन्।
जेन-जी आन्दोलनपछि २७ भदौमा प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट निवेदनहरू परेका छन्। अधिवक्ता प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाहलगायतले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै रिट निवेदन दिएका हुन्।