काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार‚ राजनीतिक दल र जेनजीबीच बारम्बार संवाद हुनुपर्ने बताएकी छन्।
अहिले जारी सरकार राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीचको त्रिपक्षीय छलफलको सुरुवात गर्दै प्रधानमन्त्री कार्कीले आजबाट सुरुवात भएको बताइन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामबहादुर रावलका अनुसार बैठकको सुरुवातमै कार्कीले भनेकी थिइन्, “सबै विचारको आदानप्रदान गरौँ। हामीले सुरुवात गरेका छौँ‚ आ-आफ्ना विचार राखौँ।”
बैठकलाई सुरुवात गर्दै कार्कीले मुलुक सबैको भएको बताएकी छन्। उनले थपेकी थिइन्, “मुलुक हाम्रो हो। हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन। एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ।”
छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए।