काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१४ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका ३, बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्। एघार दिनदेखि बेपत्ता सुनार आज (शुक्रबार) सिमकोट ३, बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुनार यही ३ कात्तिकको बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफ्न्त धनवीर सुनारले बताए। “घरका लागि विद्युत्‌को मिटरबक्स किन्न सदरमुकाम जानुभएको थियो। प्रहरी र स्थानीयसँगको सहकार्यमा खोजी गर्दा आज बरगाउँको लबली डाँडाभन्दा केही तल शव फेला परेको हो,” उनले भने।

सुनारको ७ कात्तिकदेखि नियमित खोजी भइरहेकामा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। “लामो समयसम्म सुनार घर नफर्किएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए। निवेदन दिएलगत्तै प्रहरी प्रशासनले परिवारको समन्वयमा खोजी गरेको हो,” उनले भने।

सुनारको शव भेटिएको भन्ने जानकारी आएलगत्तै प्रहरी निरीक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको पनि पोखरेलले बताए।