काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

भक्तपुर। भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज (आइतबार) दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएका हुन् ।

फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए। आज (आइतबार) साँझसम्म बाँकी रहेकालाई पक्राउ गर्ने गरी खोजी भइरहेको पनि उनको भनाइ छ।

सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि झडप र तोडफोड हुँदै आएको छ ।