काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बेला लेखेको कवितासंग्रह माथिको आदेश छ लोकार्पण गरिएको छ। काठमाडौँको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेन–जी युवाहरू र कवि मिश्रले संयुक्तरूपमा पुस्तक लोकार्पण गरे।

यसअघि तयार अर्काे कवितासंग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता आफूले सार्वजनिक गरेको कवि मिश्रको भनाइ छ। “यी कविता हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,” उनले भने।

कार्यक्रममा मिश्रले ‘माथिको आदेश छ’, ‘म राज्यविरुद्धको कसुर भएँ’लगायत केही कविता वाचनसमेत गरेका थिए।

५० दिन हिरासतमा बस्दा मिश्रले ३५ ओटा कविता लेखेका थिए। मिश्रको यो दोस्रो कवितासंग्रह हो। उनको पहिलो कवितासंग्रह रवीन्द्र मिश्रका कविता २०७१ सालमा प्रकाशन भएको थियो।

कवितासंग्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो।