काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको सट

२२ कार्तिक २०८२
अ+
अ-

१६ कात्तिक आइतबार। बिग्रिएर स्टार्टै नभएपछि कान्तिपुर इन्जिनियरिङ कलेजको बसले कोटेश्वरको सडक केही बेर अवरुद्ध पार्‍यो।

त्यत्तिकैमा गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि सडकमा त्यति नदेखिएका ट्राफिक प्रहरी आए र बसलाई छेउ लगाउन धकेल्न थाले। ट्राफिक बिट नजिकै भएकाले बिनाबर्दीका ट्राफिक प्रहरी पनि होस्टेमा हैँसे गरिरहेका थिए। केही बेरको प्रयासपछि उनीहरूले यात्रु र सवारीको आवागमन सहज बनाए।

यतिबेला मैले प्रहरीकै नारा सम्झिएँ- प्रहरी मेरो साथी।