साताको सट
सरकारले जतिसुकै आधुनिक कृषिको गफ लगाए पनि वास्तविक किसानहरू अझै आधारभूत मलखाद र सिँचाइ सुविधाबाट वञ्चित छन्। तर पनि, किसानले आफ्नो धर्म छोडेका छैनन्।
दसैँ र तिहारको सेरोफेरोमा धान काटेपछि यतिबेला फेरि अर्को बाली लगाउने चटारोमा छन्। उनीहरूलाई आरामको सुविधा पनि छैन।
यस्तै दृश्य ललितपुरको डुकुछापमा देखियो। किसानहरू धान भित्र्याएपछि पनि अर्को बालीको तयारी गर्दै डोकोभरि मल बोकेर खेतबारी धाइरहेका थिए।