काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। आज दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहनेछ।

कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यत: सफा रहनेछ।