काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ मंसिर २०८२
६ मंसिरमा सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठक।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।

दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ। बैठकमा महामन्त्री गगन थापाले निर्णय सुनाएका थिए भने केन्द्रीय समितिले अनुमोदन गरेको हो।

कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ। तर यो विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने भन्दै कांग्रेस केन्द्रीय समितिले आमनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।

२८ असोजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक बीचमा स्थगित गरेर सहमति खोज्ने प्रयास गरिएको थियो।

निर्वाचनमा भाग लिने र अहिलेको अवस्थामा सर्वपक्षीय छलफलको आवश्यकता रहेको आजको केन्द्रीय समितिले निष्कर्ष निकाले पनि महाधिवेशनबारे भने पछि छलफल हुनेछ।