साताको सट

२० मंसिर २०८२
अ+
अ-

नेपाल प्रिमियर लिग (एनपीएल)को माहोलमा देश तातिरहँदा दिनदिनै मौसम भने चिसिँदो छ। काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियससम्म झरिसकेको छ।

दिनभरि घाम लाग्ने भए पनि काठमाडौँमा बिहान-बेलुका आगै ताप्नुपर्ने गरी चिसो हुन थालिसकेको छ। यसै साता ललितपुरको पाटनमा बिहानै सडकपेटीमै केही स्थानीय आगो तापेर हातखुट्टा तताउँदै गरेको देखियो।