साताको सट
क्षितिजपारि थकाइ मार्ने तरखरमा घामले बदलिइरहेको रङ, काठमाडौँको केन्द्र रानीपोखरीमा देखिने प्रतिविम्ब र सघन मानव बस्ती। लाग्छ, यसले प्राकृतिक सुन्दरता र मानवनिर्मित संरचनाबीचको जटिल सहअस्तित्वलाई उजागर गरिरहेको छ। यस्तो लाग्छ, काठमाडौँ आफैँमा एउटा कोलाज हो।