एमाले महाधिवेशन
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि केपी शर्मा ओली पक्षले आफ्नो उम्मेदवार टुंग्याएको छ। यो प्यानलबाट अध्यक्षमा ओलीसहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टुंगो लागेको हो।
प्रस्तावित सूचीअनुसार उपाध्यक्षमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल, प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार रहेका छन्। महासचिवमा भने शंकर पोखरेल नै दोहोरिएका छन्।
यसैगरी उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम रहेको छ।
सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, शेरधन राई र महेश बस्नेत उम्मेदवार सिफारिस भएका छन्।
हेर्नुहोस् ओली समूहका प्रस्तावित उम्मेदवार :