काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ पुष २०८२
अ+
अ-

काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) का तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ।

सरुवा अनुसार नारायणदत्त पौडेल मानवस्रोत विभाग, वंशीराज दाहाल सीमा सुरक्षा विभाग र गणेश ठाडामगर कार्य विभागको जिम्मेवारीमा खटाइएका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन एआईजी सरुवा गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। सरुवा संगठनको कार्यक्षमता सुदृढ बनाउने उद्देश्यले गरिएको जनाइएको छ।

यसअघि पौडेल सीमा सुरक्षा, दाहाल मानव स्रोत र मगर कार्य विभागमा कार्यरत थिए।