२ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर दुई लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।