२ पुष २०८२
अ+
अ-

काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले भारतको इस्ट बङ्गालसँग खेल्दैछ।

यो खेल आज नेपाली समय अनुसार साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुदै छ।

जारी प्रतियोगितामा इस्ट बङ्गाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन्। हाल अंक तालिकामा इस्ट बङ्गालले तिनै खेलमा जित हासिल गर्दै शिर्ष स्थानमा रहेको छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ।

त्यस्तै पाकिस्तानको कराची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन्।