काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौं। एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तानले खेल्दैछन्।

पहिलो सेमिफाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा भने बंगलादेशलाई समान आठ विकेटले नै हराएको पाकिस्तानले भारतसँग फाइनल भेट पक्का गरेको हो।

फाइनल भिडन्त आइतबार बिहान १०:४५ बजे दुवईस्थित आईसीसी मैदानमा सुरु हुँदैछ।

आठ टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिएका थिए।