काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

साताको सट

१२ पुष २०८२
अ+
अ-

गएको बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा देशकै जेठो त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह थियो। बर्सेनि लाखौँ विद्यार्थीलाई कक्षाबाट कार्यकक्षतर्फ पठाउने गरी शिक्षित र दीक्षित गराउने विश्वविद्यालयको दीक्षान्त समारोहमा म पनि पुगेको थिएँ।

समारोहमा आफ्ना अभिभावक र शुभेच्छुकहरूसँग आएका विद्यार्थीहरूको दीक्षित हुन पाउँदाको खुसी बयान गरिसाध्य थिएन। सपनाको एउटा खुड्किलो पार गर्दाको खुसीलाई बयान गर्नु पनि कसरी!

अनि निश्चय नै, दीक्षान्त समारोह भनेपछि टोपी उचाल्नै पर्‍यो। स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेको खुसियालीमा विद्यार्थीहरूले शैक्षिक यात्राको उपलब्धि सम्झेर आकाशतर्फ हेर्दै ‘क्याप टस’ अर्थात् टोपी उचाल्न थालेपछि मैले पनि आफ्नो क्यामेरा उचालेर केही तस्बिर लिइहालेँ।