काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

१३ पुष २०८२
सर्वोच्च अदालत। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतमा आइतबार प्रधानन्यायाधीशसहित सबै न्यायाधीशको बृहत् पूर्ण इजलास तोकिएको छ। विशेष मुद्दामा बाहेक यसरी सबै न्यायाधीशको एउटै इजलास बस्ने गरेको छैन।

२४ भदौमा सर्वोच्च अदालतलगायत देशभरका २३ वटा अदालतमा तोडफोड आगजनी हुँदा मुद्दाका मिसिल जलेका थिए। मुद्दाका मिसिल जलेका कारण मंसिर मसान्तसम्मको समयलाई ‘शून्य समय’ मानिएको थियो। त्यसका आधारमा सेवाग्राहीलाई एक महिनालाई शून्य मानेर म्याद तारेख थाम्न समय दिने निर्णय गरिएको थियो। जलेका मिसिल संकलनका लागि तोकिएको मंसिर मसान्तको समय कम भएकाले पुस मसान्तसम्म अर्थात् ६० दिनको समयलाई ‘शून्य मान्ने गरी’ वैधानिकता दिन सबै न्यायाधीशको एउटै इजलास तोकिएको प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, नृपध्वज निरौला, नित्यानन्द पाण्डेय, मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको बृहत् पूर्ण इजलास तोकिएको छ।

शून्य समय तोक्ने विषयमा सर्वोच्च प्रशासनले तयार पारेको प्रतिवेदन बृहत् पूर्ण इजलासमा पेस गरिएकाले आदेश गरी वैधानिकता पाउने भएको हो।