काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

१५ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची आज बिहानसम्म पनि निर्वाचन आयोगमा बुझाउन सकेको छैन।

मध्यरातिसम्म पार्टी कार्यालयमा बन्दसूची तयार पारेर पनि अन्तिम टुंगो लगाउन नसकेको कांग्रेसले आयोगमा पुगेर १ सय १० जनाको बन्दसूची तयार गरे पनि पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्न बाँकी रहेको भन्दै पार्टीका प्रचार विभाग प्रमुख एवम नेता मीन विश्वकर्मा पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई लिएर देउवा निवास पुगेका हुन् ।

बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ।

कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने निर्वाचन आयोगले बताएको छ।