काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय पैयाँ घटेर दुई लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।