काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। भारतीय दूतावासले दार्चुलाको एउटा विद्यालयमा भवन निर्माण गरिदिने भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा रहेको गोकुलेश्वर माविको भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे।

दूतावासका अनुसार भारत सरकारको आर्थिक सहयोग करिब साढे सात करोड रुपैयाँ लागतमा भवनको निर्माण हुँदै छ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। दार्चुलामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए। नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य हुँदै आएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।