काठमाडौँ। म्यानचेस्टर सिटीले एफए कपको खेलमा आक्रामक प्रदर्शन गर्दै एक्सेटर सिटीलाई १०–१ गोलले पराजित गरेको छ।
सिटीका लागि रिको लेविसले दुई गोल गर्दा म्याक्स एलिन, रोड्री, एन्टोइन सेमेन्यो, तिजानी रेन्डर्स, निको ओ रिली र रायन म्याकइडोले एक-एक गोल गरे।
अरु दुई गोल भने सिटीले उपहार पाएको थियो। एक्सेटरका जेक होवेल र ज्याक फिजवाटरले आत्मघाती गोल गरे। जर्ज बिर्चले अन्तिम समयमा टोलीका लागि एक गोल फर्काए।
यो नमिठो हारसँगै एक्सेटर सिटीको एफए कप यात्रा सकिएको छ।