काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

कांग्रेस

२८ पुष २०८२
कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको नेताहरूको बैठक सकिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिसहित देउवानिकट नेताहरू धनराज गुरुङ, बद्री पाण्डे, मिनेन्द्र रिजाल र जीवन परियार बैठकमा सहभागी थिए।

यी नेताहरूसँग देउवाले छलफल गरे पनि कुनै ठोस निष्कर्ष नआएको बैठकमा सहभागी एक नेताले बताए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनउन्मुख छ। यही परिस्थितिबीच देउवा निवासमा बैठक बसेको थियो।

बैठकबाट पार्टी विभाजनलाई रोक्न सभापतिले अधिकतम पहल गर्नुपर्ने बताउँदै कोइराला बाहिरिएका थिए। “कोइराला आफैँ पनि व्यक्तिगत र समूहगत रूपमा विशेष महाधिवेशनबाट उत्पन्न परिस्थितिबारे समाधान निकाल्ने कोसिस गरिरहनुभएको छ,” कोइरालानिकट एक नेताले भने।

देउवाले कोइरालाको कुरा सुने पनि केही प्रतिक्रिया भने दिएनन्। देउवा आफूनिकट नेतासँग संवादमै रहेको बताइएको छ।