काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ।
बिहान ८ बजेदेखि ९ बजेसम्मका लागि उम्मेदवारी दर्ताको तालिका रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए।
नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो। उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका आजका लागि सारिएको हो।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ। संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच वार्ता निष्कर्षमा पुग्न नसकेका कारण विशेष महाधिवेशन लम्बिएको हो।