काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका दुई वटा विषयगत समितिका बैठकहरू आज बुधबार बस्दैछन्।

आज बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।

पर्यटन क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने लक्ष्यसहित ल्याइएको यस विधेयकका विभिन्न प्रावधानहरूमाथि सांसदहरूले संशोधन र सुझाव प्रस्तुत गर्नेछन्।

त्यसैगरी, दिउँसो १:०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन (२०८१/२०८२) को मस्यौदा र यससँग सम्बन्धित विविध विषयमा छलफल गरिनेछ।

समितिले वर्षभरि गरेका कामकारबाही र सरकारलाई दिएका निर्देशनहरूको प्रभावकारिताका बारेमा प्रतिवेदनमा समेटिएका बुँदाहरूमाथि सदस्यहरूले धारणा राख्नेछन्।