काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। सिन्धुलीमा प्रहरीले ठूलो परिमाणमा डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार काठमाडौँबाट इलाम जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट ५७ हजार अमेरिकी डलरसहित मेचीनगर नगरपालिका-३ झापाका युवराज नेवारलाई पक्राउ गरिएको हो।

गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोस्टमा चेकजाँचका क्रममा नेवारलाई डलरसहित मंगलबार राति ११ बजे पक्राउ गरिएको सुवेदीले बताए।

उक्त डलरको बुधबारको बजार मूल्य ८२ लाख ८ हजार रहेको छ। नेवारलाई इलाका प्रहरी कार्यालय खुर्कोटले हिरासतमा लिएर अनुसन्धान थालेको छ।