काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ।

संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान भेटवार्ता गरेका हुन्।

विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय थापा र शर्मा देउवाले नेतृत्व छाड्नुपर्ने अडानमा छन्। तर यसका लागि देउवा तयार नभएपछि दुई पक्षबिच मंगलबार दिनभर र रातभर वार्ता भए पनि सहमति हुन सकेन।

पार्टीको संस्थापन पक्ष र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षबीच मंगलबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि सभापति आफैँ अग्रसर भएका छन्। विशेष महाधिवेशन पक्षले सभापति देउवाको राजीनामा वा आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने र राजनीतिक रूपमा सक्रिय नरहने घोषणा गर्नुपर्ने बटमलाइनअघि सारेका छन्।