काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट भएको पाइएको छ।

प्रहरीका अनुसार मंगलबार बेलुका ७:४० बजे पाँच-६ जनाको समूहले बैंकमा लुटपाट मच्चाएको थियो। बैंक लुटेर फरार भएकाहरूको खोजी गर्ने क्रममा प्रहरीले बीएडी ०३९८ नम्बरको टाटा सुमोका चालक पक्राउ गरेको छ।

चालक भवतसिंह थापालाई नियन्त्रणमा लिँदा १ करोड ८० लाख रुपैयाँ फेला पारी बरामद गरिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।

सुवेदीका अनुसार बेलुका उक्त समूहले सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरी बैंकमा छिरेका थिए। बैंकभित्र रहेका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर बोरामा पैसा हालेर भागेका थिए।

“सुमो गाडी जंगलमा फेला पार्दा केही रकम बरामद भएको छ,” सुवेदीले भने, “अन्य व्यक्तिको खोजी भइरहेको छ।”