काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

कांग्रेस

३० पुष २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सकिएको छ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी सूचीको अन्तिम टुंगो लगाइरहेको छ।

सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ भने महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

उपसभापतिमा फर्मुल्लाह मन्सुर, गुरुराज घिमिरे र जगदीशनरसिंह केसीको उम्मेदवारी परेको छ। महामन्त्री र उपसभापति दुई-दुई जना रहने व्यवस्था छ।

निर्वाचन समितिले १३४ सदस्यीय केन्द्रीय समिति चयनका लागि परेको उम्मेदवारीको सूची बनाइरहेको छ। सदस्य देव महतले अन्तिम सूची प्रकाशन गर्ने तयारी भइरहेको बताए।

विशेष महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।