काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याएको छ। आयोगले शुक्रबार बेलुका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो।

आयोगले बुधबार विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। अब सभापति थापा नेतृत्वको कांग्रेसले रुख चुनाव चिह्न र चारतारे झन्डासमेत पाउने भएको छ।

विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएपछि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस पनि आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो। आयोगबाट फर्किएर सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरूले आधिकारिकता नपाएमा देशव्यापी आन्दोलनमा जाने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले घोषणा गरेका थिए।