काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादमार्फत समाधान हुने बताएका छन्।
शनिबार सानेपा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले संवादबाटै कांग्रेस फेरि एक हुने बताए। ‘फेरि मिल्छ, मिलाउनुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ,’ उनले भने।
यसअघि, नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो। देउवा पक्षले आयोगबाट आफ्नो पक्षमा निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी पनि दिइसकेको छ।