काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
अ+
अ-

रौतहट। पूर्वमन्त्री अनिलकुमार झाले नेपाली कांग्रेसका तर्फबाट रौतहट क्षेत्र १ मा उम्मेदवारी दर्ता गराएका छन्। उनले रौतहट १ को निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनी २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी धनुषा ३ बाट उम्मेदवार बनेका थिए।

विभिन्न मधेसवादी पार्टी हुँदै केही महिनाअघि मात्रै नेपाल सद्भावना पार्टी ब्युँताएका झा उक्त पार्टी कांग्रेसमा समाहित गरेर उम्मेदवार बनेका हुन्।

उम्मेदवारी दर्तापछि उनले आममतदाताको भावना र मागअनुसार पुनः रौतहट १ बाट उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्।

यो पनि…

सर्लाही ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी