काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

काठमाडौँ। कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका रेशम चौधरीविरुद्ध उजुरी परेको छ। कैलालीको टीकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका चौधरीविरुद्ध उम्मेदवार हुन नपाउने दाबीसहित बुधबार उजुरी दर्ता भएको हो।

“एक जनाविरुद्ध मात्रै उजुरी परेको छ। त्यसमाथि छानबिन गरेर भोलि निर्णय गर्छौं,” कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवराज भारतीले भने।

कानुनी वैद्यता, निर्वाचन निर्देशिका हेरेर निर्णय गर्ने उनले बताए। ७ माघमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। ६ माघमा मनोनयन दर्ता गरी ७ माघमा उम्मेदवारहरूविरुद्ध उजुरीका लागि सूचना प्रकाशित गरिएको थियो। कैलाली क्षेत्र नम्बर १ मा १९ जना उम्मेदवार रहेका छन्।

पाँच वर्ष तीन महिना जेलमा बसेका चौधरीको १४ वर्ष कैद मिनाहा भएको थियो। २०७९ सालको चुनावमा पनि जेलबाटै उम्मेदवार बन्ने इच्छा देखाएका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

देशभरमा भक्तपुर २ मा दुई जना, सुनसरी २ मा एक जना, रौतहट १ मा एक जना र कैलाली १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्।