चुनाव
मधेसबारे जथाभाबी नबोल्न नेतृत्वलाई आग्रह
धनुषा ३ की एमाले उम्मेदवार जुलीकुमारी महतोलाई यतिबेला मतदातालाई चुनावी कार्ययोजना बुझाउनेसँगै स्पष्टीकरण दिँदै हिँड्नुपर्ने झ्याउलो पनि थपिएको छ। यो झ्याउलो महतोको कारणले होइन, उनकै पार्टी अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतको बोलीले गर्दा निम्तिएको हो।
८ माघमा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्तामा ओलीले दमक महोत्तरी र धनुषाभन्दा निकै विकसित र सफा भएको भन्दै व्यंग्य गरेका थिए। ‘यो महोत्तरी, धनुषाजस्तो होइन, त्योभन्दा धेरै एड्भान्स छ, सफासुग्घर छ,’ ओलीले भनेका थिए, ‘उहाँ (बालेन्द्र शाह) त्यस कल्चरबाट आएको मानिसले यस कल्चरमा, उहाँले यहाँ गुइँठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ? मलाई थाहा छैन।’
त्यसअघि ५ माघमा जनकपुरमा बालेन्द्र शाहको सभापछि भक्तपुरमा आयोजित कार्यक्रममा एमाले सचिव बस्नेतले शाहलाई ‘मधेसिया छौरा’ भन्नुको साटो ‘मधेसको छाउरा (कुकुरको बच्चा)’ भनेपछि विवादमा परेका थिए। विवादपछि बस्नेतले आत्मालोचना गरे पनि मधेस प्रदेशका एमाले उम्मेदवारहरूले भने खप्की खेप्नुपरिरहेको छ।
संविधान जारी भएपछि २०७४ सालमा भएको चुनावमा नै देखियो। एमाले र माओवादी केन्द्रले गठबन्धन गरेको चुनावमा एमालेले मधेसका ३२ मध्ये दुई स्थानमा मात्र जित्यो। समानुपातिकतर्फ १६ लाख ६९ हजार ७५ मतमध्ये एमाले १६.४२ प्रतिशत अर्थात् दुई लाख ७४ हजार ९३ मत पाएको थियो।
जुलीकुमारी महतो सचिव बस्नेतले गलत भनेको भन्दै यसबाट सबै मधेसीले मन दुखाएको बताउँछिन्। धनुषा ४ का एमाले उम्मेदवार रघुवीर महासेठले पनि मधेसको विषयमा जथाभाबी नबोल्न नेतृत्वलाई सचेत गराएको बताएका छन्।
“अध्यक्ष र सचिवको अभिव्यक्तिका कारण जुली महतो र रघुवीर महासेठले मात्र होइन, मधेसका सबै ठाउँका एमाले उम्मेदवारहरूले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ,” एमाले धनुषाका नेता तथा पार्टीका विज्ञान तथा प्रविधि विभागका पूर्वसदस्य शम्भु साह भन्छन्, “अध्यक्ष र सचिवजस्तो राष्ट्रियस्तरको नेताको सोच पनि निकै साँघुरो देखियो। उहाँहरूले आफूलाई देशको होइन, झापा र भक्तपुरको मात्र नेता ठान्नुभयो।” एमालेविरुद्ध मधेसमा ध्रुवीकरण गराउने कोसिस भइरहेको र त्यसलाई अध्यक्ष तथा सचिवको अभिव्यक्तिले मलजल गरेको साहको भनाइ छ।

एमाले सचिव महेश बस्नेत र अध्यक्ष केपी शर्मा ओली। तस्बिर : बस्नेतको फेसबुक
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएपछि ओली सरकार ढलेसँगै सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको थियो। कार्की सरकार बनाउन तत्कालीन अवस्थामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नै मुख्य भूमिका खेलेका थिए। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुँदै भावी प्रधानमन्त्रीसमेत तोकिएका शाहले ओलीको गृहक्षेत्र झापा-५ बाटै उम्मेदवारी दिएका छन्।
मधेस र ओलीको सम्बन्ध पहिलेदेखि नै असहज रहिआएको छ। ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गर्ने क्रममा मधेसको असन्तुष्टि सम्बोधन नगरेको अपजस पाएका ओलीलाई त्यसयता एक खेमाले मधेसविरोधी नेताका रूपमा चित्रित गर्दै आएको छ। भारतीय नाकाबन्दीमा पनि मधेसकेन्द्रित नेताहरू र तत्कालीन प्रधानमन्त्री ओलीबीच निकै नोकझोक चलेको थियो।
यसको असर संविधान जारी भएपछि २०७४ सालमा भएको चुनावमा नै देखियो। एमाले र माओवादी केन्द्रले गठबन्धन गरेको चुनावमा एमालेले मधेसका ३२ मध्ये दुई स्थानमा मात्र जित्यो। समानुपातिकतर्फ १६ लाख ६९ हजार ७५ मतमध्ये एमाले १६.४२ प्रतिशत अर्थात् दुई लाख ७४ हजार ९३ मत पाएको थियो।
अन्य भूगोलको तुलनामा तराई-मधेसमा एमाले कमजोर नै मानिन्छ। २०४८ सालको चुनावमा मधेसका ३७ मध्ये पाँच स्थानमा मात्रै विजयी एमालेले २०५१ सालमा ३६ मध्ये नौ र २०५६ सालमा १० स्थानमा जितेको थियो।
त्यसपछि भने एमालेले मधेसमा आफ्नो उपस्थिति बढायो। एक हिसाबले मन माझामाझ पनि गर्यो। ओली पनि संयमित देखिए। फलत: २०७९ सालको प्रतिनिधिसभा चुनावमा एमालेले उल्लेख्य सुधार गर्यो। त्यतिबेला एमालेले मधेसबाट प्रत्यक्षतर्फ नौ स्थानमा जित हासिल गरेको थियो। समानुपातिकतर्फ पनि मत बढ्यो। २०७९ सालको प्रतिनिधिसभा चुनावमा २१ लाख २५ हजार ७९५ मतको करिब साढे १७ प्रतिशत अर्थात् तीन लाख ७१ हजार ७०९ मत पाएको थियो। प्रदेशसभामा पनि २३ स्थान जित्दै पहिलो दल बनेको थियो।
एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री जितेन्द्रनारायण देव २०७९ सालमा मधेसले दिएको साथप्रति नेतृत्व कृतघ्न देखिएको बताउँछन्। “केन्द्रका नेताहरूको अभिव्यक्तिले मधेस प्रदेशमा उम्मेदवारलाई अप्ठ्यारोमा पारेको छ,” देव भन्छन्, “यसले समग्रमा एमालेको शीर्ष नेतृत्व मधेसमैत्री छैन भन्ने देखाउँछ।”
२०४८ सालमा सीतानन्दन राय र जितेन्द्रनारायण देवको नेतृत्वमा मधेसका नेकपा (मानन्धर) समूहको ठूलो पंक्ति एमालेमा प्रवेश गरेको थियो। मधेस आन्दोलनपछि देवसहितका नेताहरूले एमाले मधेसविरोधी भएको भन्दै पार्टी परित्याग गरेका थिए। त्यसपछि मधेसी दलमा प्रवेश गरेका देव कांग्रेस हुँदै असार २०८१ मा एमालेमै फर्किएका थिए।
तर, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले केन्द्रीय सदस्य सरोज यादव अध्यक्षको अभिव्यक्तिलाई लिएर ध्रुवीकरण गर्न खोजिए पनि त्यो सफल नहुने दाबी गर्छन्। २०७४ सालमा मधेसमा प्रवेश गर्नै नपाएको एमालेले २०७९ सालमा सानदार नतिजा ल्याएको स्मरण गराउँदै उनी भन्छन्, “यस चुनावमा झन् राम्रो परिणाम दिनेछौँ, मधेसमा एमालेले गरेको काम हेरेरै जनताले भोट दिनेछन्।”
अन्य भूगोलको तुलनामा तराई-मधेसमा एमाले कमजोर नै मानिन्छ। २०४८ सालको चुनावमा मधेसका ३७ मध्ये पाँच स्थानमा मात्रै विजयी एमालेले २०५१ सालमा ३६ मध्ये नौ र २०५६ सालमा १० स्थानमा जितेको थियो। २०६३ सालको मधेस आन्दोलनअघिसम्म मधेस कांग्रेसको पकड क्षेत्र थियो।