काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पाँचजना उम्मेदवार तथा दुई संघसंस्थासँग स्पष्टीकरण माग गरेको छ।

आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण पेश गर्न भनिएको हो।

बालेन्द्र साहसँग सामाजिक सञ्जालमा अर्का उम्मेदवार केपी शर्मा ओलीले राखेको सामग्रीमा प्रतिक्रिया जनाएको विषयमा जवाफ मागिएको छ। कमल भुसालको हकमा ‘जेन जेड आन्दोलन’सँग सम्बन्धित जुत्तालाई चुनावी चिन्हका रूपमा प्रचार गरेको विषय आयोगको ध्यानाकर्षणमा परेको जनाइएको छ।

हर्क साम्पाङसँग भने चुनावी अभियानका क्रममा बालबालिकाको प्रयोग तथा उनीहरूलाई प्रचार सामग्रीसहितका टिसर्ट लगाइएको विषयमा स्पष्टीकरण सोधिएको छ।

त्यस्तै, महेश बस्नेतसँग अन्य उम्मेदवार बालेन्द्र साहप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप सम्बन्धी विषयमा स्पष्टीकरण माग गरिएको छ। सोही निर्वाचन क्षेत्रका उम्मेदवार जानुका पाठकसँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्ने उजुरीका आधारमा आयोगले जवाफ मागेको छ।