काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
दिवाकर भट्ट। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। उपभोक्ता अदालतको अध्यक्षमा दिवाकर भट्ट नियुक्त भएका छन्।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायपरिषद्को सिफारिसअनुसार भट्टलाई नियुक्त गर्ने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।

भट्ट काठमाडौं जिल्ला अदालतका न्यायाधीश हुन्। उनी विगत १० वर्षभन्दा बढी समय सरकारी वकिलमा कार्यरत थिए। उनले जिल्ला अदालतको कामसमेत हेर्नेछन्।

उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलका रूपमा काम गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका छन्। साथै हङकङ विश्वविद्यालय हङकङबाट अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको अध्ययन गरेका छन्। भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अनुसन्धान र प्रशिक्षणको समेत अनुभव सँगालेका छन् ।

न्याय र कानुनका क्षेत्रमा भट्टका दर्जनौँ अनुसन्धानमूलक लेख रचना प्रकाशित छन्। उनले फौजदारी कानुनमा विद्यावारिधि पनि गरेका छन्।

यो पनि…

निर्वाचनमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने