काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

मतदान अपडेट

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। निर्वाचन आयोगका अनुसार देशभर १०.१८ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि शुरु भएको निर्वाचनमा ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदान भैरहेको छ। चुनावमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जनाइएको छ ।

मतदान सकिएर मतपेटिका संकलन भैसकेको २४ घण्टाभित्र प्रत्यक्षतर्फको चुनावको परिणाम सार्वजनिक कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । मतदानमा युवाहरूको उत्साहका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको बताएका छन् ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा १८ वर्ष पूरा भएका एक करोड ८९ लाख तीन हजार ६८९ जना कुल मतदाता छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता छन्। निर्वाचन आयोगका अनुसार देशभरमा १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।