काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

११ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको छ। आजको दिनमा कारोबार रकम पनि बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २७.८५ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज १ प्रतिशतले बढेको नेप्से २७८६.३५ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.८५ अंकले बढेर ४७५.७४ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.८१ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८१ प्रतिशतले बढेको छ।

सेयरबजारमा सोमबार ३४२ कम्पनीको ७४ हजार ८५६ पटकको कारोबारमा एक करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आज २३५ कम्पनीका सेयरमूल्य बढे। २८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा सात कम्पनीको सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा म्युचुअल फन्ड समूहको सूचक घट्यो भने बाँकी १२ समूहका सूचकमा हरियाली छायो।

जसअनुसार सोमबार वाणिज्य बैंक ०.८५‚ विकास बैंक ०.६९‚ फाइनान्स ०.५७‚ होटेल तथा पर्यटन १.०२‚ जलविद्युत् १.५०‚ लगानी ०.७४‚ जीवन बिमा ०.६४‚ उत्पादन तथा प्रशोधन १.३५ र लघुवित्त समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो। म्युचुअल फन्ड ०.२० प्रतिशतले घट्यो। यसैगरी निर्जीवन बिमा ०.९५‚ अन्य १.२३ र व्यापार समूहको उपसूचक ०.३२ प्रतिशले बढ्यो।

नेप्सेमा सोमबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.०१ प्रतिशतले आम्दानी गरे। यसैगरी अपर बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले १०.२३ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज आँखुखोलाको ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आँखुखोला नै अगाडि रह्यो। सोमबार यसको १४ लाख ५१ हजार ९९५ रुपैयाँको सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४१८ रुपैयाँ कायम रह्यो।