काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

१५ जेष्ठ २०८३
अर्थमन्त्री स्वर्णिम वाग्ले। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सरकारले आगामी वर्ष ६७० मेगावाट जलाशय र ३७० मेगावाट सौर्य गरी १०४० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य लिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आव ०८३/८४ को बजेट सार्वजनिक गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडिने कुल जडित क्षमता पाँच हजार ५३५ मेगावाट हुने बताए।

उनका अनुसार यसै वर्ष ४० मेगावाटको राहुघाट, तनहुँ जलशययुक्त आयोजना, माथिल्लो मोदी-ए, माथिल्लो मोदी, माथिल्लो त्रिशूली थ्री-बी र बूढीगंगा जलविद्युत् आयोजना निर्माणमा तीव्रता दिइने बताए।

वाग्लेले १०६१ मेगावाटको माथिल्लो अरुण, ८२८ उत्तरगंगा, २१० चैनपुर सेती, ९९ मेगावाट तामाकोसी-५ र ७७ मेगावाटको घुन्साखोला आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का लगाइने बताए।

वाग्लेले ४१७ नलगाढ, ४९० अरुण-४ र २८१ मेगावाटको नौमुरे जलविद्युत आयोजनाको अध्ययन गरिने बताए। कर्मचारी सञ्चय कोषको लगानीमा ४३९ बेतन-कर्णाली जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया सुरु हुने वाग्लेले बताए।

१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माण गर्न अधिकार सम्पन्न प्राधिकरण मोडलको अवधारणा अपनाइने वाग्लेले बताए।
हेर्नुहोस् लाइभ :