काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

सार्वजनिक नीति समिति बैठक

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी भइरहेको निर्माण आयोजनाले जनाएको छ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्ग सञ्चालनका लागि तालिमलगायत कार्य भइरहेकाले सेवा प्रदायक अभ्यस्त भएपछि चाँडै सञ्चालन हुने जानकारी दिए।

सौजन्य नेपाल।

आयोजना निर्देशक नेपालले उक्त आयोजनाबाट वार्षिक ३५ करोडसम्मको राजस्व संकलन हुने अनुमान गरिएको बताए। सुरुङमार्गबाट काठमाडौँ आउन तीनवटा टोल प्लाजा र काठमाडौँबाट बाहिरिन दुईवटा टोल प्लाजा राखिएको आयोजनाले जनाएको छ।

जसमध्ये एउटा टोल प्लाजाबाट नेपालमै पहिलोपटक स्वचालित रूपमा दस्तुर संकलन गर्ने व्यवस्था गरिएको निर्देशक नेपालले जानकारी दिए।

बैठकमा समिति सदस्यहरूले नागढुंगा सुरुङ्गमार्ग निर्माणको लामो समय भइसकेको अवस्थामा अब छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए।