काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा बोल्ने अवसरका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको राजनीतिक संस्कार आन्दोलन र द्वन्द्वबाटै विकसित भएको भन्दै त्यसको प्रभाव अहिले संसद्भित्र पनि देखिएको बताए।

उनले भने, “अब त यो सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। प्रधानमन्त्रीलाई यहाँ उपस्थित गराउन पनि आन्दोलन गर्नुपरेको इतिहास छ। हाम्रो देश आन्दोलन, झैझगडा, आगजनी, कुटपिट र हिंसात्मक घटनाबाट गुज्रिएको हो, त्यसको असर अहिले संसद्भित्र पनि देखिन्छ। हामी त्यही परिवेशबाट हुर्किएका हौँ होला।”

साम्पाङले संसद् व्यवस्थित र विधिसम्मत रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिए। साथै उनले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले गम्भीर प्रकृतिको अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

उनले सीमासम्बन्धी विषयको वास्तविक अवस्था बुझ्न आवश्यक परे नेपाली सेनालाई समेत परिचालन गरेर अध्ययन गर्नुपर्ने धारणा समेत राखे।