काठमाडौँ। वैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका-९ का ५४ वरषीय निर्मलाकुमारी श्रेष्ठ छिन्।
श्रेष्ठलाई काठमाडौँ महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। काठमाडौँ चन्द्रागिरि नगरपालिका-४ बस्दै आएकी श्रेष्ठले एक जनालाई अमेरिका पठाउने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।