काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

काठमाडौँ। २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘जी’को आफ्नो दोस्रो खेलमा आइतबार राति इरानको राष्ट्रिय फुटबल टोली र बेल्जियमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

सोफी स्टेडियममा खेलिएको उक्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसरहरू पाए पनि बललाई जाली चुमाउन भने सकेनन्।

खेलको २५ औं मिनेटमा इरानका स्ट्राइकर मेहदी तारेमीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएको सोचेका थिए, तर रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिए।

त्यसपछि खेलको ६६ औं मिनेटमा बेल्जियमका नेथान नगुईले तारेमीमाथि खराब फल गरेपछि सिधै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

नगुई बाहिरिएपछि बेल्जियम १० खेलाडीमा सीमित हुन पुगेको थियो, तर इरानले त्यसको फाइदा उठाउन सकेन।

यसअघि इरानले न्युजिल्यान्डसँग २-२ गोलको बराबरी खेल्दै आफ्नो विश्वकप अभियानको सुरुवात गरेको थियो।

नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवितै राख्नका लागि अब इरानले जुन २७ मा इजिप्टविरुद्ध निकै महत्त्वपूर्ण खेल खेल्नेछ।