काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

काठमाडौँ ।  क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा पोर्चुगलले फिफा विश्वकप-२०२६ मा पहिलो जित दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को फराकिलो जित हात पारेको हो।

योसगैँ रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन्। सन् २००६ मा पहिलो विश्वकप खेलेका रोनाल्डोले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का सबै संस्करणमा गोल गरेका छन्।

त्यसैगरी रोनाल्डो विश्वकपमा गोलगर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बनेका छन्। खेलको १७ मिनेटमा नुनो मेन्डेसको गोलमा पोर्चुगलले अग्रता दोब्बर पारे।  खेलको ३१ मिनेटमा उज्वेकिस्तानले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा रेफ्रीले फाउल भन्दै गोल रद्द गरेका थिए।

३९ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले पहिलो हाफमा नै ३-० को आरामदायी अग्रता बनायो।

खेलको ६० मिनेटमा पोर्चुगलले उपहार गोलमा अग्रता फराकिलो पार्‍यो। ८७ मिनेटमा राफलको गोलमा पोरर्चुगलले उज्वेकिस्तानमाथि ५-० को जित दर्ता गर्‍यो। खेलमा रोनाल्डोले ह्याट्रिकको केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।  जितसगैँ ४ अंक बनाएको पोर्चुगल अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।